नर्सिङ दिवसको अवसरमा अग्रज नर्सलाई सम्मान

अखबार हब
२०७८ माघ १५, शनिबार १३:२५

मकवानपुर । मकवानपुर सहकारी अस्पतालले मकवानपुरका अग्रज नर्सलाई सम्मान गरेको छ । ६० औं नर्सिङ दिवसको अवसरमा आज बिहान एक कार्यक्रमका बीच मकवानपुरका अग्रज नर्सहरु बुनु शर्मा, चम्पा कोजु र धन राईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको प्रमुख आतिथ्यमा अग्रज नर्सलाई सम्मान गर्नुका साथै स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भिमसागर गुरागाईंलाई स्वागत एवम् सम्मान गरिएको थियो ।

यस्तै सहकारी अस्पतालमा लामो समयदेखि कार्यरत शान्ति लामा र पुस महिनाको उत्कृष्ट कर्मचारी सोनु पौडेललाई पनि सम्मान गरिएको छ। कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंको पनि उपस्थिति रहेको थियो। स्वास्थ्य सेवामा प्रमुख भूमिका निर्वाह गर्ने नर्सिङ स्टाफलाई सम्मान गरेर हौसला बढाउने प्रयास गरिएको सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*