हेटौंडामा युवा नेतृत्व तथा संचार तालिमको उद्घाटन्
मकवानपुर । युवा नेतृत्व, व्यक्तित्व तथा आधारभूत संचार सीप विकास तालिमको हेटौंडा उद्घाटन् गरिएको छ । विकासका लागि अभियान नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आजबाट तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले युवाहरुको नेतृत्व र व्यक्तित्वको विकास भएमा हरेक स्थानमा सहज हुने बताउनुभयो ।
युवाहरु हरेक ठाउमा अगाडी बड्नका लागि स्थानीय सरकार साथमा रहेको बताउनुभयो । संचारमा लाग्न पनि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने मेयर महतले बताउनुभयो । अभियान नेपालका अध्यक्ष सन्तोष पौडेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवापनुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी नेपाल मकवापनुरका सचिब रुपक कालिराज लगायतकाको आतिथ्यता रहेको थियो ।







