स्वास्थ्य मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण

अखबार हब
२०७८ माघ १४, शुक्रबार १७:४२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयको नियमित कामलाई समेत असर पर्नेगरी उनीहरुलाई कोरोना संक्रमण भएको हो।

बुधबार आएको परीक्षण रिपोर्टमा सचिव डा रोशन पोखरेललाई कोरोना पोजिटिभ पुष्टि भएको थियो।

यस्तै, मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रा, सहायक प्रवक्ता डा समीरकुमार अधिकारी, उपसचिव प्रकाश अधिकारी, भीमप्रसाद सापकोटा, यशोदा अर्याललगायतका कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*