मकवानपुरमा २ लाख १७ हजारले लगाए कोरोना विरुद्धको पूर्ण खोप
मकवानपुर। मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्ध खोप लगाउनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा कोरोना बिरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सख्या २ लाख १७ हजार २ सय १२ जना पुगेको हो । त्यसै गरि खोपको पहिलो मात्र लगाउनेको सख्या २ लाख ९० हजार २ सय १३ जना पुगेको छ।
पछील्लो समयमा कोरोना संक्रमण फेरी फैलन थालेसंगै कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरु पनि बढ्दै गएका छन् । तर, पहिले कोरोना विरुद्धको खोप लगाउनेहरु कमै मात्र थिए । अहिले खोपको खोजी गरेर लगाउनेहरु बढेको स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ । मकवापुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कोरोना विरुद्धको खोप लगाउने गरिएको छ ।







