एमाले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार छ : बस्नेत

अखबार हब
२०७८ माघ १३, बिहीबार १८:२०

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

प्रेस चौतारी मकवानपुरको आयोजनामा विहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने षड्यन्त्रमै केन्द्रीत भइरहेको आरोप लगाए ।

‘सरकारका मन्त्रीहरुलाई आफ्नो मन्त्रालयमा के भइरहेको कुनै चासो छैन । यही जिल्लाबाट स्वास्थ्य मन्त्री बनेको विरोध खतिवडालाई आफ्नो कामको विषयमा केही ज्ञान नै छैन । केपी ओलीको बारेमा भजन गाएर मात्र दिन वितिरहेको छ ।’, उनले भने ।

उनले नेकपा एमाले वर्तमान सत्तारुढ पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताए । ‘हामी एक्लै चुनाव लड्न तयार छौं । पाँच दल एउटै दलमा परिणत भए हुन्छ । देशले स्थिरता पनि पाउँछ ।’, उनले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न समेत माग गरेका छन् ।

प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*