घरायसी विवाद हुँदा घाँटी थिचेर बुबाको हत्या
मोरङ । मोरङको बेलवारी नगरपालिका–९ बाट आफ्नै बुबाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्री रहेका छन् ।
बुधबार राति साढे १० बजे खत्रीले आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मदिरा पिएर आएका खत्रीले सुरुवातमा बुबासँग विवाद गरेका थिए । घरायसी विषयमा विवाद बढेपछि उनले आवेगमा घाँटी थिचेर दलबहादुरको हत्या गरेका प्रहरीले जनाएको छ ।







