बागमती प्रदेश राष्ट्रियसभा निर्वाचनः सता गठबन्धनका दुबै उम्मेदवारको सहज जीत

अखबार हब
२०७८ माघ १२, बुधबार १७:३४

मकवानपुर । बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बुधबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा (एस) र पौडेल कांग्रेसका उम्मेदवार हुन्।

तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् ।त्यस्तै नेमकिपाका महिला उम्मेदवार गिता काफ्लले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार कृष्ण प्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन्।

स्थानिय तह अन्तर्गत २३७ मा महिला तर्फका उम्मेदवार तिमल्सिनाले ले ११६ मत र कुँवरले ११७ मत पाएका छन्।त्यसैगरी गीता काफ्लेले २ मत र २ मत बदर भएको छ।

यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २३७ मतमा ११७ मत र शाक्यले ११६ मत प्राप्त गरेका छन भने नेमकिपाका उम्मेदवार २ तामाङले मत प्राप्त गरेका छन भने दुई मत बदर भएको छ। प्रदेशसभा अन्तर्गत १०६ मा तिमल्सिनाले ले ५७ मत र कुँवरले ४७ मत पाएकी छिन् भने नेमकिपा उम्मेदवार काफ्लले २ मत प्राप्त गरेकी छिन।

प्रदेशसभा अन्तर्गत अन्य सदस्य पदका पौडेलले ५६ मतमा मत र शाक्यले ४७ मत प्राप्त गरेका छन भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन।निर्वाचनमा ३ सय ४६ मतदाता रहेको निर्वाचनमा ३ जना मतदाता अनुपस्थित रहेका थिए । राष्ट्रियसभा सदस्यका बागमती प्रदेश अन्तर्गतका २ सदस्यको ४ बर्षीय कार्यकाल यही फागुनमा सक्किने हुदा निर्वाचन भएको हो।निर्वाचनमा बागमती प्रदेशका १ सय ९ सांसद र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*