प्रदेश सांसद भन्छन्– सीके राउतको कार्यकर्ताले हात भाँचिदिए (भिडियो)
जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको बताएका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हात भाँचिदिएको उनले बताएका हुन् ।
बुधबार जनकपुरधाममा जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता आउँदै थिए ।
सोही क्रममा जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनको भनाइ छ ।
यादवको गाडी जानकी मन्दिरअगाडि तोडफोड गरिएको थियो । झ्याल र अगाडिको सिसा फुटेको छ ।
यस्तै, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंको गाडी तोडफोड गरिएको छ । त्यसक्रममा प्रदर्शनकारीले कुटपिट समेत गरेको प्रसाईंको आरोप छ ।







