लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना

अखबार हब
२०७८ माघ १२, बुधबार १२:००

बुटवल । राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी दुर्घटनामा परेका छन्।

चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (ख) मा नेकपा (एमाले)बाट निर्वाचित सांसद चौधरी सवार स्कारपियो गाडी कालाकाटे नजिकै सुदूरपश्चिम प्रदेश ०१–००–११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको हो।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको उक्त गाडीमा एमाले सांसद सुनिता ठटेर, शुद्धोधन गाउँपालिकाका प्रमुख किसुनचन्द्र चौधरी, उपप्रमुख शान्तिदेवी ज्ञवाली समेत रहेका थिए। उनीहरुको अवस्था सामान्य रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*