प्रचण्डलाई भेट्न खुमलटार पुगे वर्षमान पुन

अखबार हब
२०७८ माघ ११, मंगलवार १०:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्।

चीनमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास पुगेका हुन्।

त्यस क्रममा अध्यक्ष प्रचण्डले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना साथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*