चित्तल बचाउन हेटौंडा उपमहानगर अगाडि विद्यार्थीको प्रदर्शन

अखबार हब
२०७८ माघ १०, सोमबार १६:२७

मकवानपुर । चित्तल बचाउन हेटौंडा उपमहानगरपालिका अगाडि विद्यार्थीले प्रदर्शन गरेका छन् । हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा कुकुरको आक्रमणबाट चित्तलको मृत्यु भएपछि चित्तल संरक्षणको माग गर्दै वन विज्ञान अध्ययन सस्थानका विद्यार्थीले सोमबार बिहान उपमहानगरअगाडि प्रदर्शन गरेका हुन् ।

पछिल्लो दुई साताको अवधिमा चित्तलका ४ वटा पाठापाठी कुकुरको आक्रमणमा मारिएपछि सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रयास गरिएको विद्यार्थी सुजन खतिवडाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयर दुवैजनालाई नभेटिएपछि विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले कुकुरको आक्रमण रोक्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै वन विज्ञानका विद्यार्थीले डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटालाई पनि भेटेर वन्यजन्तुमाथि भइरहेको आक्रमण र मृत्युलाई रोक्न आवश्यक पहल गरिदिन आग्रह गरेको छ । विद्यार्थीहरुले वन्यजन्तुको संरक्षणमा सरोकारवालाले ध्यान नदिएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*