ढुङ्गेअड्डामा एक व्यक्ति मृत फेला
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार अन्दाजी २९/३० वर्षको पुरुष मृत अवस्थामा फेला परेका हुन्। अहिलेसम्म उनको नाम थर र ठेगाना भने खुलेको छैन।
शनिबार बिहान स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले शव उठाएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।







