राँगाले हान्दा एक पुरुषको मृत्यु

अखबार हब
२०७८ माघ ८, शनिबार १०:२९

धनगढी । कैलालीमा राँगाले हान्दा एक पुरुषको मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका–७ का ३५ वर्षीय अब्बार तेलीको राँगाले हान्दा ज्यान गएको हो।

टीकापुर नगरपालिका–१ स्थित पशु हाटबजरको भैँसी फार्ममा काम गर्दै आएका उनको राँगाले हानेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शुक्रबार राति घाँस हाल्न गएका उनी राँगाले हानेर गम्भीर घाइते भएका थिए। उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा तेलीको राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*