फेरि स्थगित भयो भन्सार एजेन्टको लिखित परीक्षा

अखबार हब
२०७८ माघ ७, शुक्रबार १४:०६

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा फेरि स्थगित भएको छ।

भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको जानकारी गराएको हो। कोभिड संक्रमणका कारण परीक्षा स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ।

गत वर्ष चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरेको थियो। दरखास्त लिइसकेपछि विभागले गत जेठमा लिखित परीक्षा मिति तय गरेको थियो। तर त्यतिबेला पनि कोभिडकै कारण परीक्षा स्थगित भयो।

दोस्रोपटक विभागले यही माघ २९ गते लिखित परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर पुनः कोभिडको संक्रमण बढ्न थालेपछि विभागले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षण स्थगित गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*