विशेष अदालतद्वारा थुनुवाका मुद्दाबाहेक सबै सेवा स्थगन

अखबार हब
२०७८ माघ ५, बुधबार १६:३५

काठमाडौं । विशेष अदालतले थुनुवा भएका मुद्दाबाहेक सबै सेवा स्थगन गरेको छ।

केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित भएको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने जनाएको हो।

विशेषले आज (बुधबार) एक सूचना जारी गरेर थुनुवा भएकाको मुद्दाको सुनुवाइ र म्याद थपको कामकारबाही पनि भर्चुअल रुपमा मात्रै गर्ने जनाएको छ। यसबीचमा अभियोगपत्र दर्ताको कार्य पनि हुने सूचनामा भनिएको छ।

‘यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ।

कामकारबाही सेवा स्थगन भएको अवधिका मुद्दा वा निवेदनको हदम्याद, म्याद तथा तारेख नगुज्रने पनि जनाइएको छ।

आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम हुने छैन। विशेषले थुनुवाइबाहेक सबै मुद्दाको सुनुवाइ रोकेको छ। पेसी र अरु तारिख दिने काम पनि नगर्ने भएको सूचनामा भनिएको छ। हाजिर हुन आउने निवेदन पनि नलिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*