महोत्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ

अखबार हब
२०७८ माघ ५, बुधबार १३:५६

जनकपुरधाम । महोत्तरी प्रहरीले लागूऔषध नाइट्राभेट–१०सहित दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका–४ कठुधारबाट काभ्रे र सिरहाका युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा.४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका–४ बस्ने २३ वर्षीय आकाश ठाकुर रहेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*