काठमाडौं उपत्यकाका प्रशासनको नयाँ आदेश जारी (आदेशसहित)

अखबार हब
२०७८ माघ ४, मंगलवार १६:०९

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका छन्।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका हुन्।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो।

आदेशअनुसार मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ।

सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ। मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ।

लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ। सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ।

हेर्नुहोस् प्रशासन कार्यालयको आदेशः

यसमा तपाइको मत

Your email address will not be published.


*