भूकम्पमा परि अफगानिस्तानमा २२ जनाको मृत्यु

अखबार हब
२०७८ माघ ४, मंगलवार १०:५४

काठमाडौं । भूकम्पका कारण अफगानिस्तानमा २२ जनाको मृत्यु भएको छ।

सोमबार अफगानिस्तानको पश्चिममा भूकम्प आएको थियो। युएस जियोलोजिकल सोसाइटी (यूएसजीएस) का अनुसार, ४.९ र ५. ३ तीव्रताको दुई भूकम्पले उत्तर–पश्चिम प्रान्त बडघिसलाई प्रभावित गरेको थियो जहाँ घर र भवनहरु ढलेका थिए।

सरकारी प्रवक्ताले एएफपीलाई बताए अनुसार एक भवनभित्र पाँचजना मृत पाइएका थिए जसमध्ये ४ बालबालिका छन्।

उनलका अनुसार ७ सय भन्दा धेरै घर भत्किएका छन्। पुरानो संरचनामा कमजोर खालका घरहरु भएका कारण आफगानिस्तानमा भूकम्पले धेरै क्षति पुर्‍याउन सक्ने बताइएको छ।

प्रान्तको राजधानी काला एनौबाट करिक ५० किमी पर भूकम्पको केन्द्र रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*