मकवानपुरमा टिफरको ओभरलोड आतंक, प्रशासन भन्छ-जरिवाना काटेका छौँ
मकवानपुर । मकवानपुरमा टिफर आतंक दैनिक जसो बढिरहे पनि नियमनकारी निकाय भने मुखदर्शक बनेको छ ।
दैनिक जसो मकवानपुर भित्र एक हजार बढी टिफरहरु चल्ने गरेका छ्न् ती मध्ये अधिकाशंले क्षमता भन्दा बढी भार बोक्ने गरेको छ । जसको कारण दैनिक रुपम दुर्घटना बढिरहेको भए पनि ओभरलोड बोक्ने टिफरलाइ नियन्त्रण गर्न मकवानपुर प्रशासनको ध्यान जान सकेको देखिदैन । प्रशासनको ध्यान जान नसक्नाले नियमन गर्ने सम्बन्धीत निकाय कता चुकिरहेको छ भनेर नागरिक स्तरबाट विरोध सुरु भएको छ ।
ओभर लोड बोक्ने टिफर निर्वाहत रुपमा सडकमा गुडिरहँदा अन्य यात्रुलाई यात्रा गर्न असहज भैरहेको समेत नागरिक स्तरबाट सामाजिक सञ्जालमा विरोध हुन थालेको छ ।
मकवानपुरको राक्सिराङमा रहेको खानी क्षेत्रबाट चुन ढुङ्गा बोकेर आउने टिफरहरुले आफ्नो क्षमता भन्दा ३ गुणा बढी ओभरलोड बोकेर आउने गरेको छ । अत्याधिक भार बोक्ने ती टिफरहरुले इलाका प्रहरी कार्यालय मनहरी, ट्राफिक प्रहरी पोष्ट मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी ट्राफिक प्रहरी पोष्ट नेवारपानी, प्रहरी चौकी लेबड त सजिलै पार गर्छन् । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालयबाट ३ मिटरको दुरीबाट ती ओभरलोड बोकेका टिफरहरु निर्वाध चलिरहँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर भने केवल दर्शकभन्दा बाहेक केही गर्न सक्दैन ।
जिल्ला ट्राफिक कार्यालय अघि अत्याधिक ओभरलोड बोकेका टिफरहरुले टिफर पार्किङ गरि राखेको दृश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई नै गिज्याइरहेको दृश्य देख्न सकिन्छ ।
मकवानपुरमा टिफर आतंक भयो ओभरलोड बोक्ने टिफरलाई ट्राफिक नियम अनुसार कारवाही गर्नु पर्यो ? ओभरलोडका कारण दुर्घटनाको जोखिम बड्यो भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख लाई पटक पटक जानकारी गराउदा समेत प्रमुखको सदाबहार एउटै जबाफ आउँछ दैनिक ६०/७० हजार जरिवाना काटेका छौ । प्रहरी प्रमुख को भनाइ लाई सहज पत्याउन भने निक्कै कठिन छ । ओभरलोड बोकेका टिफरहरु निर्वाध चली रहेका छन कहि कतै चेक जाँच भएको देखिन्न तर जरिवाना कता बाट आयो ? अटो मयुरी लाई चेक जाँच गरि काटिएको जरिवना ले कतै टिफर को ओभर लोड लाई निर्वाध छुट गरिएको त छैन ।







