बलात्कारपछि बालिका हत्या आरोपमा आमाछोरा पक्राउ

अखबार हब
२०७८ माघ २, आईतवार २०:५३

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका– ७ कोतवालीकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोतवाल गाउँपालिका–८ का ४० वर्षीया शान्तिदेवी कानु र उनका २० वर्षीय छोरा सन्तोष साह कानु छन् ।

शान्तिदेवीलाई दसी प्रमाण लुकाएको र सन्तोषमाथि बालिका बलात्कार गरी हत्या गरेको आरोप लागेकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

मंसिर २५ मा गोठालो गएकी बालिका पानी खान सन्तोषको कुखुरा फर्ममा जाँदा बलात्कारपछि हत्या गरी जमुनी खोलामा फालेको आरोप उनीहरुमाथि लागेको छ । बालिकाको शव २७ गते प्रहरीले भेट्टाएको थियो । शव खोज्न प्रदेश प्रहरी कार्यालयबाट ल्याइएको तालिम प्राप्त कुकुरको सहारा लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*