राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

अखबार हब
२०७८ माघ २, आईतवार १२:५०

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।

तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*