वीर अस्पतालका दश चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अखबार हब
२०७८ पुष ३०, शुक्रबार १७:५१

काठमाडौं । वीर अस्पतालका दश चिकित्सकसहित २६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। चिकित्सक, नर्सिङ स्टाफ, क्लिनर लगायत २६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपनि तत्काल अस्पतालको सेवा भने प्रभावित नभएको अस्पतालका निमित्त कार्यकारी अधिकृत डा भूपेन्द्र बस्नेतले बताए। तर यसरी स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गए अस्पतालको सेवा प्रभावित हुन सक्ने उनले बताए।

स्वास्थ्य सेवालाई प्रभावित हुन नदिन स्वास्थ्यकर्मीहरुको ड्युटी परिमार्जन गर्दै सिफ्ट अनुसार गर्ने तयारी भएको उनले बताए। उनले भने, ‘अहिलेसम्म स्वास्थ्य सेवामा प्रभाव परेको छैन। तर प्रभाव पार्न सक्ने भएकाले सिफ्ट अनुसार ड्युटी गराउने की, नन अरजेन्ट सेवालाई अलि कम गर्नुपर्छ की भनेर सोच्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published.


*