स्वास्थ्यकर्मीको करार अवधि थप गर्न अस्पतालहरुलाई निर्देशन

अखबार हब
२०७८ पुष २९, बिहीबार १७:३३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न निर्देशन दिएको हो।

साथै करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने सचिवस्तरीय निर्णय भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*