राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण

अखबार हब
२०७८ पुष २९, बिहीबार १४:५६

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) को नेता शशिकला दाहाल कोरोना संक्रमित भएकी छिन् । स्वास्थ्य अवस्था सामान्य भएकी दाहाललाई केही दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ लगायत नेताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनी २०७४ साल माघ महिनामा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् । उपाध्यक्षमा भने २०७४ सालमा चैत्र ४ गते निर्वाचित भएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*