मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

अखबार हब
२०७८ पुष २९, बिहीबार १४:०५

नुवाकोट । मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको ज्यान गएको छ । पासाङल्हामु मार्गअन्र्तगत वट्टार–त्रिशूली सडकखण्डको बीचमा रहेको ढुंगेमा बिहीबार राती मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय सशांक पाण्डेको ज्यान गएको हो ।

विदुर–१ सिमुटार घर भइ वट्टारस्थित सन्जिवनी पोलिक्लिनिकमा कार्यरत पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पाण्डेको उद्धार गरि त्रिशूली अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिए। शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

स्थानीयले घाइते अवस्थामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*