राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो (विज्ञप्तिसहित)

अखबार हब
२०७८ पुष २९, बिहीबार १३:१४

काठमाडौं । राष्ट्रिय जनमोर्चाको सम्मेलन सरेको छ । अगामि माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन सरेको हो ।कोरोना भाइरसको नयाँ भेरियन्टको बढ्दो संक्रमणका कारण आवश्यक तयारी गर्ने नसकेर सम्मेलन सार्नुपरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्तिमार्फत जनकारी गराएका छन् ।

विज्ञप्ति प्रकाशन गर्दै माघ १५ र १६ गतेलाई तय भएका प्रदेश सम्मेलन आगामी फागुन ६ र ७ गते गर्नेगरी सारिएको जानकारी गराइएको छ ।

प्रेस विज्ञप्ती

यूनिभर्सल पिस फेडरेशनकातर्फबाट काठमाडौँमा आयोजित ‘एसिया प्यासिफिक समिट’को कार्यक्रम र त्यसमा सरकारको संलग्नताको विरोध तथा भ्रत्र्सना गरेर हाम्रो पार्टीले पहिले नै वक्तव्य जारी गरिसकेको छ । त्यो कार्यक्रमका सिलसिलामा राज्ययन्त्रलाई पूरै परिचालन गर्ने नीति सरकारले अपनाएकोले त्यसको गम्भीरता धेरै नै बढेर गएको छ । त्यसकारण त्यस प्रकारको कार्यका विरुद्ध जनतामा व्यापक चेतना उठाउनुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मंसिर महिनाका बाँकी दिनहरूसहित पौषको पहिलो हप्तासम्म देशव्यापी रूपमा विरोध र भण्डाफोरका कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ । सबै जिल्लाहरूले त्यसका लागि कम से कम एक दिनको विरोध वा भण्डाफोरको कार्यक्रमको आयोजना गर्न हामीले हाम्रो पार्टीका सबै जिल्ला समितिहरूसित अनुरोध गर्दछौँ । कुनै पनि व्यक्तिले कुनै धर्मलाई मान्ने वा नमान्ने उसको व्यक्तिगत स्वतन्त्रताको विषय हो । तैपनि उक्त संस्थाले नेपालमा साम्राज्यवादी उद्देश्य पूरा गर्नका लागि योजनावद्ध प्रकारले इसाई धर्मको प्रचार गर्ने उद्देश्य राखेर नै उक्त कार्यक्रमको आयोजना गरेको थियो र आउने दिनमा पनि त्यस प्रकारका गतिविधिहरू अरू बढेर जाने सम्भावना छ । त्यसैले राष्ट्रिय रूपमा नै त्यो धार्मिक संस्था र त्यसको प्रचार कार्यहरूको विरोध गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीको उक्त कार्यक्रममा समर्थन र सहभागिता समेतका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

मितिः २०७५ मंसिर २५

चित्रबहादुर के.सी.
अध्यक्ष

यसमा तपाइको मत

Your email address will not be published.


*