युभेन्टसलाई हराउँदै इन्टर मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

अखबार हब
२०७८ पुष २९, बिहीबार ०९:१५

काठमाडौं । युभेन्टसमाथि २–१ को रोमाञ्चक जित हात पार्दै घरेलु टोली इन्टर मिलानले इटालियन सुपर कपको उपाधि हात पारेको छ । सान सिरोमा आज बिहान सम्पन्न फाइनलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस स्तब्ध बन्यो ।

खेलको २५ औं मिनेटमा वेस्टन म्याकेनीको गोलबाट युभेन्ट्सले खेलमा सुरुवाती अग्रता लिएको थियो । म्याकेनीले अल्भारो मोराटाले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिएका थिए ।

३५ औं मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र इडेन जेकोलाई डि स्किजलियोले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । त्यसमा मार्टिनेज चुकेनन् ।

निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ट्राइब्रेकरतर्फ उन्मुख खेलको अन्त्यतीर एलेक्सिस साञ्चेजले गोल गर्दै इन्टरलाई उपाधि दिलाए ।

साञ्चेजले अतिरिक्त समयको थप गरिएको समयमा माटियो डारमेनको पासलाई सदुपयोग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*