प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो

अखबार हब
२०७८ पुष २६, सोमबार १५:१९

काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्‍मका लागि सारिएको छ ।

संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो। त्‍यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*