विद्यार्थीलाई कुटपिट गरिएको भन्दै अनेरास्ववियू मकवानपुरको विरोध
मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विद्यार्थीमाथि निर्घात कुटपिट भएको घटनाको विरोध जनाएको छ ।
आइतबार पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ स्थित बुद्ध मा.वि.मा अध्ययनरत् विद्यार्थी सागर थिङमाथि सोही विद्यालयमा अध्यापन गराइरहेका योगबहादुर राईबाट निर्घात कुटपिट गरी घाइते बनाएको घटनाको विषयलाई लिएर अनेरास्ववियू मकवानपुरले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।
घटनाको जिम्मेवार योगबहादुर राईलाई तत्काल बर्खास्त गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने अनेरास्ववियू मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए । विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक राईमाथि उचित कारवाही नभएमा कडा अन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।








