ताप्दा जलेर घाइते महिलाको मृत्यु

अखबार हब
२०७८ पुष २४, शनिबार १६:१२

वीरगञ्ज । वीरगञ्जमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने ६० वर्षीया चन्द्रवती देवी कुर्मीको मृत्यु भएको हो । पुस २० गते दिउँसो आगो ताप्ने क्रममा उनको खुट्टा र कपडा जलेको थियो ।

वीरगञ्जकै नारायणी अस्पतालमा उपचार भइरहेकामा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*