नेपाल प्रहरीका २६ एसएसपीको एकैपटक सरुवा,को कहाँ (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् ।
जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए । चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् ।
भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।







