सीके राउतका कार्यकर्ताले हलो बोकेर गरे प्रदर्शन

अखबार हब
२०७८ पुष २२, बिहीबार १८:१३

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन आज १३औँ दिन पनि जारी छ । बिहीबार जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कृषि सामग्री बोकर प्रदेश २ को जिल्लाहरूमा प्रर्दशन गरेका छन् ।

किसानको मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै प्रर्दशन गरिएको राउतको सचिवालयले जनाएको छ । उनीहरू हलो, कोदालो र लठ्ठी बोकेर सरकारविरुद्ध प्रर्दशनमा उत्रिएका थिए ।

किसानलाई समयमा मल, बिउ, राहतलगायतको व्यवस्था सरकारले गर्नुपर्ने उनीहरूको माग छ । केहीदिन अगाडि सिरहामा गँहुको बिउ केही व्यक्तिले लुटेको थियो ।
सोही विषयमा औरही गाउँपालिकाले चार जनाविरुद्ध मुद्दा चलाउँदा जनमत पार्टी आन्दोलित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*