कांग्रेस नेता प्रदीप पौडेललाई निमोनिया संक्रमण

अखबार हब
२०७८ पुष २२, बिहीबार १३:०४

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाबाट संक्रमित भएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनिया पुष्टि भएको हो।

निमोनिया संक्रमित पौडेल चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन्। पौडेललाई महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो। स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनिया देखिएको हो।

कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। महामन्त्रीमा पराजित भए पनि उनलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*