एमाले मकवानपुर अधिवेशनको तयारी तीब्र, सर्वसम्मत नेतृत्वको प्रयास जारी
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशनका लागि तयारी तीब्र पारिएको छ । मकवानपुरका दश वटै स्थानीय तहबाट प्रतिनिधि छानिएका छन् ।
जिल्ला कमिटीका सदस्यहरू र प्रतिनिधि समेत गरेर ८ सय जना रहेका छन् । एमालेले देश भर अधिवेशन गर्ने कार्यक्रम अनुसार मकवानपुरमा पनि यही पुष २३ र २४ गते अधिवेशनबाट सर्वसम्मत जिल्ला कमिटी निमार्ण गर्ने तयारी भइरहेको एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले बताए ।
अधिवेशनको सबै जसो तयारी पुरा भएको र आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन गरिने उनले बताए । एमालेले अध्यक्ष, उपाध्यक्ष ,सचिव, उपसचिव दुईजना सहित एक सय ५ जनाको कमिटी चयन गर्ने उनले बताए ।
एमाले मकवानपुरको अधिवेशनको लागि वर्तमान सचिव एकालाल श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निमार्ण गर्नका लागि सर्वसम्मतको प्रयास भइरहेको नेताहरुले बताएका छन् । यस यसअघि माधव नेपाल समुह छुट्टिएर गएपछि संकटको समयमा अध्यक्ष बनेका श्रेष्ठलाई अधिवेशनले सर्वसम्मतबाट अध्यक्ष बनाउने प्रयार भइरहेको नेताहरुले बताएका हुन् ।







