विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन अनेरास्ववियु मकवानपुरको माग

अखबार हब
२०७८ पुष २१, बुधबार १८:४६

मकवानपुर। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले भनेः सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको धेरै गुनासो आए सँगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौँ ।

यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए । उनले भाडाछुटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

यसैगरी,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाडौँ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनाआत्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए । भाडा छुटलाई यातायात व्यवसायीले वेवास्ता गरे अनेरास्ववियु मकवानपुरले कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्षद्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सह–सचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरु आशिष रौनियार,मनिस श्रेष्ठ,अभि मैनाली,आषिश रौनियार लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*