मिति सारिए पनि मेरो चुनावी अभियान कायमनै छः पराजुली

अखबार हब
२०७८ पुष २१, बुधबार १८:३०

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले जिल्ला अधिवेशनको मिति सारिएपनि आफ्नो चुनावी अभियानलाई कायम राखिएको बताएका छन् ।

यहि पुस २७ गतेका लागि तोकिएको अधिवशेन मिति आज बुधबार केन्द्रीय निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेसम्म सारेको सन्दर्भमा पराजुलीले अधिवेशन मिति केहि दिन पर धकेलिएपनि आफ्नो चुनावी अभियान नरोकिने दाबी गरेका हुन् ।

‘म सभापतिको उम्मेदवार कायमनै छु ।’ उनले भने, ‘अधिवेशनको मिति केन्द्रीय निर्वाचन समितिले माघ १५ का लागि सारेको छ, मिति सारिएपनि चुनावी अभियान रोकिने छैन ।’ उनले हेटौंडा–२ स्थित कांग्रेस चोकमा स्थापना गरिएको आफ्नो सम्पर्क कार्यालयबाट चुनावी प्रचारप्रसार कायम रहने जानकारीसमेत
दिए ।

‘सभापतिको उम्मेदवार भएका कारण पनि म केन्द्रीय महाधिवेशन लगतै चुनावी अभियानमा होमिएको छु, मिति सारिएपनि क्षेत्रीय प्रतिनिधिसँग मेरो सम्पर्क भइरहेको छ । गाउँ–गाउँ पुगेर मैले आफ्नो चुनावी प्रचारप्रसार गरिरहेको छु ।’ उनले भने । सभापतिका उम्मेदवार पराजुलीले जिल्लाका १ सय २ वटा वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिलाई माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण केन्द्रीय समितिले माघ १५ गते निर्वाचन कार्यक्रम र अधिवेशनको मिति तय गरेको सचिवालयमार्फत जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*