पोखरा लैजान्छु भनी भारतको कोठीमा पुर्‍याइ बेचबिखन गरेको आरोपमा महिला पक्राउ

अखबार हब
२०७८ पुष २१, बुधबार १३:०७

काठमाडौं । पोखरा लैजाने भनी बेहोस बनाई एक महिलालाई भारतको कोठीमा पुर्‍याई बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेकी छन् ।

पोखराको होटेलमा नाच्ने र घरायसी काममा लगाइदिने र राम्रो कमाइ हुने भन्दै भारतको कोठीमा पुर्‍याएको आरोपमा नुवाकोटकी २६ वर्षीया अनिसा तामाङ भनिने फूलमाया तामाङ पक्राउ परेकी हुन् ।

०७४ सालमा ती महिलालाई काठमाडौंको आकाशेधारास्थित एक होटेलमा बेहोस हुने औषधि मिसाएको चाउमिन खुवाई भारत पुर्‍याइएको प्रहरीले जनाएको छ । ६ महिनासम्म उनलाई भारतका विभिन्न ठाउँका कोठीहरूमा राखिएको र यातना दिइएको पनि जनाएको छ ।

तामाङलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गएको मंसिर ९ गते काठमाडौंले बूढानीलकण्ठ नगरपालिका–१०, कपनबाट पक्राउ गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*