वैकल्पिक बाटो हुँदाहुँदै वस्तीको बिचबाट हाइटेन्सन  लाइन लैजान खोजियो : हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समिति

अखबार हब
२०७८ पुष १९, सोमबार १९:४०

मकवानपुर। चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाको केही वडाका स्थानीय समस्यामा परेका छन् ।

स्थानीयलाई जानकारी बिनै विद्युत प्राधिकरण र स्थानीय तहले विद्युतको हाइटेन्सन लाइन बस्तीबाट लैजान खाल्डो खन्न सुरु गरेपछि राप्तीको ६ र १० नम्बर वडा र खैरहनीको ६ ,७,९ र १० नम्बर वडाका करिब ४ हजार घरधुरी समस्या परेको हर्दि –चैनपुर हाइटेन्सन संघर्ष समितिका संयोजक केशवराज भट्टराईले बताए ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले वैकल्पिक राजमार्ग हुँदा हुँदै केहि जनप्रतिनिधिहरूले व्यक्तिगत फाईदाको लागि हाईटेन्सन लाई बस्तीको बिच भागबाट लैजान पोलको लागि खाल्डो खन्न अनुमति दिएको बताए । उनले हर्तिबाट चैनपुरसम्मको करिब ७ .५ किलोमिटर बस्तीमा ३ महिनाबाट खाल्डो खन्न सुरु भएको र हाल स्थानीयले हाइटेन्सनको विरोध भएपछि काम रोकिएको बताए ।

यसैगरि समितिका सदस्य नवराज फुँयालले हाईटेन्सनबाट १५ हजार स्थानीय प्रत्यक्ष समस्यामा परेको बताए । उनले भनेः बस्तीका स्थानीयलाई जानकारी विनै हाईटेन्सनको काम सुरु भयो । हामीले टाईटेन्सन बस्तीबाट लैजान हुँदैन भनेर संघर्ष समिति बनाएर एक भएर विरोध गरेपछि हाल काम रोकिएको छ । हाईटेन्सन बस्तीबाट लैजान हुँदैन । वैकल्पिक बाटोहरु देखाइरहेका छौँ ।

सदस्य फुँयालले दुबै नगरपालिकालाई हाईटेन्सनले निम्त्याउने समस्या जानकारी दिन खोज्दा पनि जनप्रतिनिधिहरुले आफुहरुको कुरा सुन्न नमानेको बताए । उनले हाईटेन्सन बस्ती बिचबाट आउँदा हाईटेन्सन क्षेत्रको घरहरुलाई बैंकले लोन नदिने देखि लगानी गर्न नमान्ने समस्या हुँदा करिब १ अर्ब ७६ करोड नोक्सान हुने बताए । उनले भनेः हामी पनि विकास चाहान्छौ,हामी विकास विरोधी होईनौ,हाईटेन्सन बन्नु पर्छ तर बस्ती बिचबाट हैन वैकल्पिक मार्गबाट लैजाऔं ।

उनले आज संघर्ष समितिले बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । सदस्य फुँयालले मुख्यमन्त्री पाण्डले उक्त क्षेत्रको हाइटेन्सनको अध्ययन गरिने र वैकल्पिक मार्गतर्फ बाट लैजाने आश्वासन दिएको बताए । उनले हाईटेन्सनलाई खोला र जङ्गलको बाटो नजिकबाट लैजानुपर्ने बताउँदै वस्तीबाट लैजान खोजिए संघर्षका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*