यी हुन् नेकपा एसबाट राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

अखबार हब
२०७८ पुष १९, सोमबार १९:०२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ।

नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, कर्णाली प्रदेशबाट उदय बोहोरा, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*