महोत्तरीबाट पेस्तोल र लागूऔषधसहित एकजना पक्राउ

अखबार हब
२०७८ पुष १८, आईतवार २१:०१

वीरगञ्ज । सशस्त्र प्रहरीले पेस्तोल र लागूऔषधसहित महोत्तरीबाट एकजनालाई पक्राउ गरेको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडीलाई लोहरपट्टी–९ पिपराडी ईलाकाबाट आइतबार साँझ उनलाई पक्राउ गरिएको हो । उनको साथबाट अमेरिकन पेस्तोल र नाईट्रोभेट १० पिससमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल खुट्टा पिपराडी बेसको सशस्त्र प्रहरी नायब निरीक्षक निलहरी दहाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

उनलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*