लाहुरेसहित पक्राउ परेका चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति

अखबार हब
२०७८ पुष १६, शुक्रबार १७:५५

काठमाडौँ । लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष राना लाहुरेसहित चार जनालाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले चारै जनालाई आठ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

कास्की प्रहरीले यहि १४ पुसको राति ७ बजेतिर पोखरा महानगरपालिका ८ जाल्पारोडबाट उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट ०.५१ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

त्यस्तै, सभागृहस्थित सुस्मिता गुरूङको कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा १२.५० ग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, नगद ३८ हजार ३५० रूपैयाँ, ५ थान मोबाइल, एक थान स्कूटर समेत बरामद गरेको थियो ।

शुक्रबार पक्राउ परेकाहरूलाई आज अदालतमा उपस्थित गराइएको थियो । शनिवार सार्वजनिक विदा र आइतबार ल्होसारको बिदा परेकाले अदालतमा उपस्थित गराउन सकिएको थिएन् ।

पक्राउ पर्नेमा ३२ वर्षीय र्‍यापर लाहुरेसहित पोखराका ३९ वर्षीय धु्रब बहादुर थापा, कास्कीको रुपा गाउँपालिका ७ घर भएका ३० वर्षीय बिक्की भनिने नबिनकुमार गुरूङ र स्याङजा भिरकोट नगरपालिका ६ घर भई पोखरा बस्ने २२ वर्षीया सुस्मिता गुरूङ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*