चिसो बढे सँगै हेटौंडाका विद्यालय बन्द
मकवानपुर। चिसो बढे सँगै मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय आज एक दिनकोलागि बन्द गर्ने निर्णय गरेको छ ।
गएराति देखिको वर्षाले चिसो ह्वात्तै बढेको भन्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए ।
उनले भनेः आज चिसो ह्वात्तै बढे संगै विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज एकदिन विद्यालयको पठनपाठन बन्द गर्दै छौ । चिसो बढेको अवस्थामा केहि दिन पठनपाठन बन्द लम्बिन सक्छ ।







