मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा हिमपात,त्रिभुवन राजपथ अवरुद्ध

अखबार हब
२०७८ पुष १४, बुधबार ०९:३१

मकवानपुर। मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहानैबाट निरन्तर हिमपात हुँदा हेटौंडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाका अनुसार बिहानैबाट सुरु भएको बाक्लो हिमपातले सडकमार्गको सिमभञ्याङ र दामन क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

उनले भनेः हिमपातले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जानकारी आएको छ । नगरपालिकासंग समन्वय गरेर सडक खुलाउने तयारी रहेको छ । निरन्तर हिमपात हुँदा समस्या भएको छ । हेटौंडाबाट जाने सवारीहरुलाई दुर्घटना नहोस् भनेर सडक अवरुद्ध रहेको जानकारी दिईरहेका छौ ।

यसमा तपाइको मत

Your email address will not be published.


*