हेटौँडा – काठमाडौँ जोड्ने सुरुङ मार्ग निर्माणको काम रोक्नु दुर्भाग्यपुर्ण : थापा
मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टिका पुर्व अध्यक्ष कमल थापाले बागमती प्रदेशको राजधानी हेटौँडा र संघिय राजधानी काठमाडौ जोड्ने सुरुङ मार्ग निर्माणको काम स्थगन गर्ने बागमती सरकारको निर्णय दुर्भाग्यपुर्ण भएको बताएका छन् ।
उनले सामाजीक संन्जाल फेसबुकमा स्टाटस लेख्दै बागमती प्रदेशको राजधानी हेटौँडा कायम भएतापनि राजधानीका लागी आवाश्यक शिक्षा,स्वास्थ्य,याताया र शहरी विकास लगाएतका पुर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो रहेको टिप्पणी गरेका हुन् ।
बागमती प्रदेशमा डोरमणि पौडेल नेतृत्वको सरकारले प्रदेशको गौरवको योजनाको रुपमा भिमफेदी काडमाडौ सुरुङ मार्गको। काम हालको सरकारले बजेट अभावको कारण देखाउदै स्थगीत गरको हो । हाल बागमती सरकारले ८ मन्त्रालय टुक्राएर १८ मन्त्री बनाएर विवादमा तानीएको छ ।







