नेपाली कांग्रेस मकवानपुर क्षेत्र २ को पहिलो बैठक सकियो
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को पहिलो बैठक हेटौंडामा सम्मपन्न भएको छ । बैठकले बागमती प्रदेशका नवनियुक्त भौतिक पुर्वधार राज्यमन्त्री सन्त बहादुर चेपाङ र नेपाली कांग्रेसकी नवनिर्वाचित सह–महामन्त्री महालक्ष्मि उपाध्यय डिनालाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री चेपाङले मकवानपुरको विकासमा कुनै कसुर नराख्ने बताए, यस्तै कांग्रेस सह–महामन्त्री डिनाले मकवानपुरमा कांग्रेस बलियो पार्टी बनेको र आगामी निर्वाचनमा मकवानपुर कांग्रेसको किल्ला बन्ने बताइन् ।
कार्यक्रममा कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली,बुद्द लामा , भरत पराजुली ,रन्जन कालाखेती,प्रकाश बर्तौला, शंकर न्यौपाने, राजेश भेटवाल, लोक बहादुर मोक्तान लगाए अन्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।







