बजार क्षेत्रका सडकको खाल्डा पुर्दै हेटौंडा उपमहानगर

अखबार हब
२०७८ पुष ११, आईतवार ०९:५७

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने कामलाई तिब्रता दिइएको छ । पीच सडकमा खाल्डाखुल्डीका कारण वषौंदेखि समस्या परेका कारण पुरिएको मेयर हरि बहादुर महतले बताए । सडकमा खाल्डाखुल्डीका कारण दुर्घटनाको समस्या हुने र छारो, धुलो उढ्ने जस्ता समस्या भएपछी यसलाई पुरिएको हो ।

अहिले सम्म यो चरणमा हेटौंडाको नगरपालिकारोड, पारिजातपथ र स्कुलरोडमा परेका खाल्डाहरु पुरीसकिएको छ । अब भने कान्तिराजपथमा सडकमा देखापरेका खाल्डाहरु परीने मेयर महतको भनाई छ ।

उपमहानगरपालिकाको मुख्यबजार क्षेत्रमा सडकलाई पक्की बनाउने कामलाई तिब्रता दिएसंगै केही सडकमा खाल्डा देखिएकाले यसलाई यो वर्ष पुर्ने र अरु वर्ष क्रमस निर्माणनै गर्ने योजना बनाइएको उनले बताए । हेटौंडाका साविकका ११ वटा वडा र पछी थपीएका वडामा सडक निर्माणलाई तिब्रता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*