थाहा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ, प्रथम पुरस्कार १ लाख
मकवानपुर । मोफसलमा रहेर फुटबल गतिविधीहरुलाई निरन्तर अगाडी बढाईरहेको थाहा नगरपालिका,मकवानपुरले यहि पौष २६ गतेदेखि थाहा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेलकालागि आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको प्रतियोगिताको संयोजक सुमन बिष्टले जानकारी दिए।
खेल थाहा नगरको इन्द्रायणी चौरमा आयोजना हुने भएको छ । रुपचन्द्र बिष्टको जन्मोत्सवको दिन देखि आयोजना हुन लागेको हो ।
प्रतियोगिता मा प्रथम हुने टिमले नगद १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन भने उपबिजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन ।







