बागमती प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथग्रहण
मकवानपुर । बागमती प्रदेशमा थप तीन जना मन्त्री र अरु तीन जना राज्यमन्त्रीले सपथग्रहण गर्नु भएको छ । आज साँझ प्रदेश प्रमुख यादब चन्द्र शर्माले तीन जना मन्त्रीलाई सपथ थ्रहण गराउनुभयो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले अरु तीन जना राज्यमन्त्रीलाई सपथग्रहण गराउनु भएको हो ।
आज सपथग्रहण गरेका मन्त्री र राज्यमन्त्री काग्रेशका सांसदहरु रहेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा आज तीन मन्त्री र तीन जना राज्यमन्त्री थप गर्नु भएको हो ।
पाण्डेले दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री, बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्रीका रुपमा सपथग्रहण गराउनु भएको हो । यसैगरी सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्रीका रुपमा सपथ्रग्रहण गर्नु भएको छ ।
यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् । मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको भन्दै मुख्यमन्त्री पाण्डे चौतर्फी रुपमा आलोचित बन्नु भएको छ । पाण्डेले सत्ताग ठबन्धनमा रहेको नेपाली कांग्रेसको जिम्मेवारीमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गर्नु भएको थियो । गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा (एस) ले प्राप्त गरेको मन्त्रालयमा यसअघि नै पाण्डेले मन्त्री नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले यससँगै चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।
११ कात्तिकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे नेतृत्वको सरकार गठन भएको ५७ दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। पाण्डेले चौथो चरणमा शुक्रबार कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री थप गरेसँगै बागमतीमा १३ मन्त्री र चार राज्यमन्त्री भएका छन्।







