प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन भोली, तयारी पुरा

अखबार हब
२०७८ पुष ८, बिहीबार २१:००

मकवानपुर । प्रेस चौतारी मकवानपुर शाखाको आठौ जिल्ला अधिवेशन भोलि पुस ९ गते शुक्रबार हुने भएको छ ।

जिल्लाको मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी दरबार परिसरमा हुने आठौ अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल दाहालले जानकारी दिए ।

यसैगरि,आज बसेको जिल्ला कमिटीको बैठकले चौतारी मकवानपुरका सल्लाहाकार पत्रकार उज्वल चौलागाईले आफ्नो पिता स्व। प्रेमनाथ चौलागाईको स्मृतिमा स्थापना गरेको स्व।प्रेमनाथ चौलाागाई स्मृती पत्रकारिता पुरस्कार–२०७८ पत्रकार सरिता दाहाललाई दिने निर्णय गरेको पनि अध्यक्ष दाहालले जानकारी दिए ।

उनले उक्त पुरस्कार भोलि हुने अधिवेशनमा दुई दशकबाट मकवानपुरे पत्रकारितामा आबद्ध रहेकी दाहाललाई ११ हजार १ सय ११ रुपैया सहित सम्मान गर्ने निर्णय गरिएको बताए ।

अधिवेशनको औपचारिक उद्घाटन बिहान १० बजे नेकपा एमालेका नेता एवं बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेले उद्घाटन गर्ने कार्यक्रम तय भएको चौतरीका प्रेस चौतारी मकवानपुरका सह–संयोजक पुष्पराज अधिकारीले बताए ।

उनले कार्यक्रम स्थल पुग्नको सवारी व्यवस्थापन भईसकेको र शुक्रबार बिहान साँडे ७ बजे हेटौंडा २ को संगमचोक बाट प्रस्थान गर्ने कार्यक्रम रहेको समेत बताए । अधिकारीका अनुसार भोलि हुने अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*