एमालेको अवरोधकावीच वागमती प्रदेशसभाको वैठक आज पनि

अखबार हब
२०७८ पुष ८, बिहीबार १०:३२

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकावीच वागमती प्रदेशसभाको वैठक आज पनि वस्दैछ । बुधबार बसेको प्रदेशसभाको वैठकमा सरकारप्रति विभिन्न प्रश्न उठाउँदै एमालेले सदन अवरुद्ध गरेको थियो । प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टी गर्न चुनौती पेश गरेका थिए ।

प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त वैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।

‘सरकारले सदन खुलाउन प्रयास गरिरहेको छ । मुख्यमन्त्रीबाट विपक्षीले जवाफ माग्नु भएको छ । हामी दिन्छौं ।’, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालका अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभाको आजको वैठकमा विपक्षी दलहरुले उठाएको प्रश्नको जवाफ दिनेछन् ।

एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले सरकार सदनमा कसरी प्रस्तुत हुन्छ हेरेर आफूहरु निर्णय गर्ने बताए । ‘वैठकको सुरुवातमै मुख्यमन्त्रीले जवाफ दिने सहमति भएमा हामी सदन सञ्चाल गर्न दिन्छौं । अन्यथा अवरोध हुन्छ ।’, उनले सदनमा मुख्यमन्त्रीको जवाफ चित्तबुझ्दो नभए प्रदेशसभाको वैठक सञ्चालन गर्न नदिने बताए । ‘सरकारलाई वेलैमा खबरदारी गराउन हामीले यसो गरेका हौं ।

सरकार सदनप्रति जिम्मेवार हुनुपर्छ । संघीयतालाई संस्थागत रुपमा अगाडि बढाउन पनि प्रतिपक्षीले निरन्तर खबरदारी जरुरी रहेको छ ।’, उनले भनिन् ।

प्रदेशसभाको वैठक विहीबार विहान ११ बजे बस्ने तयारी भइरहेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको वैठक अगाडि सर्वदलिय प्रतिनिधित्व रहेको कार्यव्यवस्था परामर्श समितिको वैठक डाकेका छन् । वैठकमा सहमति गरेर सदनलाई अगाडि बढाउने पक्षमा सरकार देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*